''पीडित माथि अन्याय गर्न झुट बोल्दै छ सेना''पुरा जानकारी हेर्नु होला ''
पीडित माथि अन्याय गर्न झुट बोल्दै छ सेना
काठमाडौं । नेपाल सेनाले आफ्ना भवनहरु बनाउदा गरेको भ्रष्ट्राचारका विषयमा हामी निरन्तर फलो गरिरहेका छौ । हामीले यो विषयमा रिपोटिङ गरेपछि पीडित मध्येका एक दुर्गा तण्डुकारले ४३ लाख नगद पाएका छन् ।
नगरकोटमा सैनीक शिक्षालयमा वाल पुटीङ र पेन्टीङको काम गरेको दुर्गा तण्डुकारले पाउनु पर्ने ७१ लाख रुपयौँ मध्ये मेजर निश्चलजंग रायमाझीले ४३ लाख झोलामा हाली तण्डुकारलाई बुझाए । तर तण्डुकारले पाउनु पर्ने ७१ लाख मध्येको २१ लाख अझै पाएका छैन्न । तीन बर्षको अवधि सम्म ब्याज मात्रै २४ लाख हुन्छ, कसको हिसाव अझै भएको छैन । यही पैसाका कारण तण्डुकार परिवार आत्महत्या गर्न सम्म कोशिस गरे ।
सेनाले काम लगाएपछि किन पैसा दिएन भनि हामीले नेपाली सेनाका जर्नेल एवं प्रवक्ता झंकर कडायतसँग पनि कुरा ग¥यौ । उनले वास्तविक ठेकेदार सुजन राई भएको र तण्डुकारलाई उसले नै काम लगाएको भनि झुट बोले ।
0 comments
Write Down Your Responses