''जुन बच्चाले देखाउँछन् यस्ता हाउभाउ, हुन सक्छन अस्वस्थ''पुरा जानकारी हेर्नु होला ''
जुन बच्चाले देखाउँछन् यस्ता हाउभाउ, हुन सक्छन अस्वस्थ

डा. विष्णुरथ गिरी बालरोग विशेषज्ञ कान्ति बाल अस्पताल

ठूलो मान्छे केही अस्वस्थ भएमा वा बिरामी भएमा तुरुन्त थाहा पाउन सकिन्छ । उसलाई भएको असहज तथा अस्वस्थताबारे व्यक्ति आफैँले पनि भन्न सक्छ । जसले गर्दा तत्काल उपचार पनि गर्न सजिलो हुन्छ । तर, सानो बच्चा बिरामी भएको थाहा पाउन भने निकै समस्या हुन्छ । बच्चाको हाउभाउ, खाना खाने तरिका तथा शारीरिक अवस्था हेरेर उसको स्वास्थ्य अवस्थाबारे अनुमान गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बच्चा बिरामी भएको थाहा पाउन नसक्दा निकै संवेदनशील अवस्थामा पनि पुगेको हुन्छ । बच्चालाई के भएको हो भन्ने कुरा थाहा पाउन तथा अस्वस्थ अवस्था पत्ता लगाउने केही उपायबारे बालरोग विशेषज्ञ डा। विष्णुरथ गिरीको सुझाब यस्तो छ :

– समान्य अवस्थामा जस्तो बच्चा फुर्तीसाथ खेलेन भने केही भएको छ भन्ने अनुमान लगाउनुपर्छ । पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रियामा परिर्वतन भयो भने बच्चा बिरामी छ कि भन्ने शंका गरेर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

– बच्चा सामान्य अवस्थाभन्दा धेरै रोयो भने पनि अस्वस्थ भएको हुन सक्छ । त्युस्तै, बच्चा रोएन भनेर ज्ञानी छ भनी ढुक्क हुनुहुँदैन । लामो समयसम्म पनि बच्चा नरोइकन या कुनै प्रतिक्रिया नजनाइकन निरन्तर सुतिरहन्छ भने पनि पनि बच्चामा केही समस्या भएको हुन सक्छ । यसरी नरोई आनन्दले सुतिरहन्छ भनेर बच्चालाई उपचार नगरी घरमै राखिरहनुहुँदैन । यसले पछि ठूलो समस्या निम्तिन सक्छ । त्यसैले चाँडै अस्पताल लानुपर्छ ।

– बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ । बच्चालाई सास फेर्न अप्ठ्यारो भयो, लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ ।

– बच्चाको नाकको पोरा फुल्यो भने पनि बच्चा अस्वस्थ हुन सक्छ । बच्चाको शरीर नीलो हुनु, एक्कासि बेहोस् हुनु, लगातार वान्ता गर्नु, वान्ता भएर पिसाब कम जानु बच्चा गम्भीर बिरामी हुनुका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ तत्काल अस्पताल लानुपर्छ ।

नयाँ पत्रिकाबाट
, , , , ,

0 comments

Write Down Your Responses