''स्वास्थ्य उपचारका लागि डोकोमा बोकेर भारत लानुपर्ने विडम्बना''पुरा जानकारी हेर्नु होला ''
स्वास्थ्य उपचारका लागि डोकोमा बोकेर भारत लानुपर्ने विडम्बना

कञ्चनपुर। नगरपालिकाका आफ्नै मान्यता हुन्छन् । नगरपालिका बनाइन आधारभुत विकासका संरचना पुरा हुनै पर्ने विश्वव्यापी मान्यता हो । विना आधार नगरपालिका घोषणा गरिएका प्रसस्तै उदाहरण नेपाली परिप्रेक्षमा देख्न सकिन्छ । कञ्चनपुुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ मा सामान्य विकास पनि छैन भन्दा अचम्म मान्नु पर्दैन । विकासका आधारभूत पूर्वाधारको अभाव त सामान्य जस्तै लाग्छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ मा रहेको खल्ला मसेट्ठी हो । यो, दृश्यले बताए झैं खल्ला मसेट्ठी कुनै विकट गाउँ हो भन्न हिच्किचाहट हुँदैन । नगरपालिका घोषणा हुँदा हर्षित स्थानीय विकासले गति नलिदां निराश बनेकाछन् । सडक, स्वास्थ्य सेवा, खानेपानी, विजुली सपना जस्तै बन्ने गरेको छ, मसेट्ठीबासीलाई । स्थानीय तहको निर्वाचन भयो । आफ्नै गाउँठाउँका जनप्रतिनिधि निर्वाचित भएर पनि आए तर जनजीवनमा खासै परिवर्तन आउन सकेन । एउटा सामान्य विद्यालय, शिक्षाको नाममा यति हो तर भौतिक संरचना जिर्ण । स्वास्थ्य उपचारका लागि डोको बोकेर महेन्द्रनगर वा भारत नै पुग्नु पर्ने विडम्बना यहाँको नियती हो । त्यति मात्र होइन आकाशमा बादल गर्जने बितीकै महाकाली नदीमा आउने बाढीको त्रास कम रहँदैन ।

स्थानीयको पुकार छ, विकास देउ सरकार । आफू यो देशको नागरिक नै होइन कि भन्ने व्यवहार किन हुन्छ, प्रश्न गर्छन् जनता । नगरपालिका घोषणा गर्न आँखा चिम्लिने सरकार आधारभुत विकासमा मौन रहेको उनीहरुको गुनासो छ ।
बाइट उमेश ठगुन्ना, स्थानीय

विना दृष्टिकोण नगरपालिका घोषणा गर्नु सरकारको कमजोरी हो । अझ आधारभूत विकासका पूर्वाधार निर्माणमा चासो नदिनु अर्को विडम्वना पनि हो । पीडित नेपाली नागरिकको यो गुनासो कसले सुन्ने ? आधारभूत विकासका पूर्वाधार निर्माणमा सरकार र सरोकारवाला निकायले चासो दिन जरुरी छ ।
, , ,

0 comments

Write Down Your Responses