''अनुहार तथा शरीरमा भएको अनावश्यक रौं प्राकृतिक बिधिबाट हटाउने तरिका''
अनुहार तथा शरीरमा भएको अनावश्यक रौं प्राकृतिक बिधिबाट हटाउने तरिका

प्राकृतिक बिधि अपनाएर अनुहार तथा शरीरमा उम्रिएको अनावश्यक रौं कसरी नष्ट पार्न सकिन्छ ?


अनुहार तथा शरीरमा देखिने अनावश्यक रौं का कारण मानिसको सौन्दर्यमा फरक पर्छ । अझै महिलाको अनुहारमा पलाएको अनावश्यक रौंले उनीहरुलाई चिन्तीत तुल्याउने गर्छ । तसर्थ यस्ता अनावश्यक रौं बाट छुटकारा पाउन उनीहरु अनेक थरिका बिधि तथा औषधी प्रयोग गर्ने गर्छन् । तर कतिपय अवस्थामा त्यस्ता आधुनिक बिधिहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।



आज हामी प्राचिन बिधि अपनाएर आफ्नो अनुहार तथा शरीरमा भएको अनावश्यक रौं सखाप पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं ।



यो बिधि एक दुई महिना सम्म नियमित रुपमा अपनाउनुभयो भने तपाईले आफ्नो अनुहार तथा शरीरमा पलाएको अनावश्यक रौं आपसे आप हराएर गएको पाउनुहुनेछ ।

आबश्यक चिजबिज :

- एक मुट्ठी ओखर लिनुहोस् र यसलाई डढाउनुहोस् ।

- ओखर डढेर जम्मा भएको खरानीलाई एउटा कचौरामा राख्नुहोस् ।

- अव कचौरामा केहीमात्रामा पानी मिसाउनुहोस् र मीश्रणलाई १२ घण्टा सम्म छाडी दिनुहोस् ।

ओखती प्रयोगगर्ने बिधि :

- कचौरामा भएको मीश्रणलाई आफुले हटाउन चाहेको रौं को वरिपरी दल्नुहोस्् ।

- यो प्रक्रिया दिनको २९३ पटक दोहोर्याउनुहोस् र शरीरमा दलेको ओखतीलाई करिव आधा घण्टा जति राख्नुहोस् ।

केही हप्तामै तपाईको अनुहार तथा शरीरमा भएको अनावश्यक रौं हराएर जानेछ ।

यस्ता रौं लाई प्राचिन इजिप्टीयन चिनि प्रबिधिबाट पनि सखाप पार्न सकिन्छ

शरीरमा चिनि दल्ने प्रबिधि भनेको शरीरमा पलाएका अनावश्यक रौं लाई वाक्सिङ तथा सेभिङ नगरिकनै सजिलै छुटकारा पाउन सकिने तरिका हो । यो प्रबिधिले रौं लाई यसका जराहरुबाट बाहिर निकाल्छ र जब यो पुन उम्रिने बेला हुन्छ यसमा नगन्य मात्रामा रौं हुन्छ र बिस्तारै हराएर जान्छ ।

आवश्यक सरदामस्

- २ कप चिनि

- आधा कप कागतीको रस

- आधा कप पानी

मीश्रणलाई एउटा ससप्यानमा खन्याउनुहोस् । अव यसलाई आगोको मधुरो आँचमा तताउनुहोस् । यसलाई धेरै उमाल्नुु चाँही हुँदैन । लेदो भए पछि आगोबाट निकाल्नुहोस् र चिसो हुन दिनुहोस् । अव यसलाई एउटा जारमा राख्नुहोस् ।

प्रयोग गर्ने बिधिस्

- एक इन्च कपास काट्नुहोस् ।

- मीश्रणलाई चिसो हुन दिनुहोस् जसका कारण तपाईको औला पोलिने छैन ।

- अव मीश्रणलाई चाहेको स्थानमा दल्नुहोस् ।  केही मिनेट सम्म त्यसै छाडिदिनुहोस् र अनि मीश्रणलाई बिस्तारै बिस्तारै उक्काउनुहोस् । त्यस पछि पखाल्नुहोस् ।

यो घरेलु बिधि अनुहार तथा शरीरका अनावश्यक रौ फाल्न अचुक मानिन्छ ।

0 comments

Write Down Your Responses