'' पुदिना भित्र लुकेका आठ फाइदाका बारेमा थाहाँ पाउनुहोस्! '''
 पुदिना भित्र लुकेका आठ फाइदाका बारेमा थाहाँ पाउनुहोस्!

गाढा हरियो रंगको तुलसी जस्तै स-साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ। बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ। यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ।

विभिन्न रोगमा पुदिनाको प्रयोग

अपच
दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ।

पेट फुल्ने
पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १-२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।

क्यान्सर
पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ। दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ।

काटेको घाउमा
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।

मुर्छा
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ।

ज्वरो
पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ।

पेट दुखाइ
पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।

दम र खोकी
पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ।

0 comments

Write Down Your Responses