''गोर्खालीलाई वार्तामा आउन वंगाल सरकारको आग्रह
गोर्खालीलाई वार्तामा आउन वंगाल सरकारको आग्रह
दार्जिलिंग । छुट्टै प्रान्त गोर्खाल्यान्ड माग सहित आन्दोलनरत पक्षलाई भारतको पश्चिम वंगाल सरकारले वार्ताका लागि आह्वान गरेको छ । वंगालबाट अलग्गिएर छुट्टै प्रान्त गोर्खाल्यान्ड मागिरहेका दार्जिलिङका नेपाली भाषीलाई आन्दोलन चर्किएको करिब ७० दिनपछि राज्य सरकारले वार्ताका लागि बोलाएको हो ।
आगामी २९ अगस्टमा कोलकातामा वार्ता आयोजना गर्ने राज्य सरकारले निर्णय गरेको छ । यद्यपी राज्य सरकारले आह्वान गरेको वार्तामा बस्ने, नबस्नेबारे गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जीएमसीसी)ले औपचारिक निर्णय गरिसकेको छैन । गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले भने राज्य सरकारले आह्वान गरेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।
मुख्यमन्त्री ममता वेनर्जीले भने गोर्खाल्यान्ड आन्दोलनका लागि बनेको सर्वदलीय संयन्त्रको एउटा घटक गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्ताका लागि आह्वान गरेकी हुन् । गोजमुमोका प्रवक्ता निरज जिम्वाले गोर्खा जनमुक्ति मोर्चा सहित सबै राजनीतिक शक्तिलाई वार्तामा सहभागी गराइनु पर्ने बताएका छन् ।
गोजमुमोका सहसचिव विनय तामाङले कोलकातामा वार्ता बोलाएर दार्जिलिङमा शान्ति नहुने भन्दै वार्तामा सहभागी नहुने संकेत गर्नुभएको छ । दार्जिलिङमा नाकाबन्दी जारी नै छ । गोर्खाल्यान्ड आन्दोलनलाई कमजोर पार्ने उद्देश्यका साथ वंगाल सरकारले आन्दोलनमा अग्रमोर्चामा रहेका नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।


0 comments
Write Down Your Responses