''तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना बिजुली बेच्ने कुलमानको उद्घोष''

तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना बिजुली बेच्ने कुलमानको उद्घोष



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तामाकोशी जलविद्युत आयोजना बनेपछि एक वर्षमा ६ महिना बिजुली बेच्ने उद्घोष गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा उद्घोष गरेका हुन् ।
४५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजनाको निर्माण काम अन्तिम चरणमा पुगेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले विद्युतको माग बढाउनुपर्ने र अब निर्माणधिन आयोजना समयमै सम्पन्न गर्ने समेत बताएका छन् । उनका अनुसार काठमाडौंमा रहेका ट्रान्सर्फमर४०० मेगावाट क्षमताका भएपनि अब अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।
उनले आर्थिक वर्षको अन्त्यतिर मलेसिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने समेत उनले बताएका छन् ।
, ,

0 comments

Write Down Your Responses