''कतारी कानुन नेपाली भाषामा प्रकासित पुरा जानकारी हेर्नु होला भिडियो सहित ''
कतारी कानुन नेपाली भाषामा प्रकासित
चैत्र २१, २०७३- कतारको आप्रबासी सम्बन्धी कानुनलाई नेपाली भाषामा अनुबाद भएको छ ।
कतारमा कार्यरत नेपाली कामदारलाई स्थानीय कानुनवारे जानकारी दिने उद्देश्यले कतारको नयाँ कानुनलाई नेपाली भाषामा अनुवाद गरेको हो । नेपाली मुस्लिम समाज कतारको तेश्रो महाधिवेशनमा अनुवाद गरिएको कानुन कितावको बिमोचन गरिएको थियो ।
नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल–हैलको पहलमा यो कानुनलाई अनुवाद गरिएको हो । कतारी दुताबासले त्रिभुवन विश्वविद्यालयको भाषा क्याम्पसबाट कितावलाई प्रमाणीकरण गराएको थियो
कतारमा एक दशकदेखि कार्यरत अरवी भाषा र साहित्यमा दख्खल भएका रमजान अली मियाले अनुवाद गरेको हो । यसलाई नेपालस्थित कतारी दुताबासले प्रकासन गरी कतार जाने कामदारलाई वितरण गर्ने तयारी भएको मियाँले बताए । ‘नेपालीलाई कतारको वास्तबिक थाहा नपाउदा धेरै अधिकारबाट वञ्जित हुनुपरेको छ,’ उनले भने,‘यसले कतारमा बस्ने नेपालीलाई निकै ठुलो सहयोग पुर्याउनेछ ।’
महाधिवेसनमा पुगेका कतारका लागि कार्यवाहक राजदुत मणिरत्न शर्मा, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक समिम मियाँ अन्सारी, महासचिव मोहम्मद जाकिर हुसैन, कतारको सामुदायिक प्रहरी बिभागका उच्च अधिकारी अल वकिल अल दावित अब्दुल अजिज अल मुहन्नदी र समुदाय बिभागका इन्चार्ज डा.मोहम्मद बहाउद्दिनले संयुक्त रुपमा कानुनी पुस्तकको लोकार्पण गरेका थिए ।
अधिवेशनले इन्जिनियर मोहम्मद ऐयुबको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । अधिवेशनको उद्घाटन गर्दे अन्सारीले नेपालमा मुस्लिम आन्दोलन निरन्तर भइरहेको बताए । ‘हाम्रो आन्दोलनको बलमा हामीले पहिचान प्राप्त गर्यौं । संविधानमा केही अधिकारहरू प्राप्त भयो । केही अधिकारहरू प्राप्त हुन बाँकी नै छ,’ उनले भने ।
हुसैनले काठमाडौंमा ‘हज हाउस’ र सांस्कृतिक केन्द्र निर्माणमा प्रवासी नेपाली मुसलमान जुट्नु जरूरी भएको बताए ।
समाजका अध्यक्ष अब्दुल हफिजको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा रमजान अली मिया सहित तीन दर्जन ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।


0 comments
Write Down Your Responses