''ओलीले भने''लोडसेडिङ हटाउने योजना हाम्रो हो, अहिले नक्कली फादरले जस लिएका छन्'' पुरा जानकारी हेर्नु होला ''''''
ओलीले भने– लोडसेडिङ हटाउने योजना हाम्रो हो, अहिले नक्कली फादरले जस लिएका छन्
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गर्ने आफ्नो सरकारको योजना अहिले कार्यान्वयन भएको बताएका छन्। उनले लोडसेडिङ हटाउनका लागि सबै तयारी आफ्नै सरकारले गरेको भन्दै अहिले त्यसको जस लिनका लागि नक्कली फादरहरु खडा गरिएको तिक्तता पोखे।
‘लोडसेडिङ अन्त्यको योजना हामीले बनायौं, अहिले लोडसेडिङ हटाउने हामी हौं भनेर केही फादरहरु तयार गरिदैछ’ ओलीको अभिव्यक्ति थियो ‘हामीले बनाएको योजना अनुसार भोली रेल गुड्छ, फेरि कुनचाहिँ नक्कली फादर हामीले रेल ल्यायौं भन्दै प्रचारमा उत्रिन्छ।’
आफ्नो सरकारका पालामा बनाएका योजना कार्यान्वयन गरेर अहिलेको सरकारले जस लिएको ओलीको भनाइ थियो।
ओलीको अभिव्यक्ति थियो ‘हामीले बनाएको योजना अनुसार भोली रेल गुड्छ, फेरि कुनचाहिँ नक्कली फादर हामीले रेल ल्यायौं भन्दै प्रचारमा उत्रिन्छ।’
शुक्रबार बालकोटस्थित ओली निवासमा पुगेका पिपुल्स क्याम्पसका नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई शुभकामना दिने क्रममा अोलीले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले झापामा गएर दिएको अभिव्यक्तिको पनि खण्डन गरेका छन्। संविधान जारी गर्नका लागि ओली राजी नभएको जिकिर गर्दै प्रधानमन्त्री दाहालले आफूहरुले ओलीलाई राजी गराएको बताएका थिए। जवाफमा ओलीले संविधानमा माओवादीलाई आफूहरुले नै घिसारेर ल्याएको दावी गर्दै प्रधानमन्त्री दाहालको भनाईको खण्डन गरेका हुन्।
, ,

0 comments

Write Down Your Responses