'''राजविराज घटनामा बाहिरियो शाेच्दै नसाेचेकाे नयाँ खुलासा''पुरा जानकारी हेर्नु होला
राजविराज घटनामा बाहिरियो शाेच्दै नसाेचेकाे नयाँ खुलासा
राजविराज । -मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । -स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ ।
-५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो ।
-पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्याएर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आपूm बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन् । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो ।
सरकारलाई मोर्चाको अल्टिमेटम
संविधान संशोधन र चुनाव स्थगित नगरे सात दिनमा समर्थन फिर्ता
संघीय गठबन्धन र मधेसी मोर्चाले सात दिनभित्र संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन स्थगित नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् ।
राजविराज घटनालगत्तै सोमबार बसेको गठबन्धन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मंगलबार संसद् सचिवालयमा त्यससम्बन्धी पत्र दर्ता गर्ने निर्णय गरेको थियो । तर, मंगलबार पुनः बसेको बैठकले भने सातदिने अल्टिमेटम दिने निर्णय गरेको हो । बैठकले सप्तरी गोलीकाण्डका मृतकलाई तत्काल सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।
एमाले अभियान अब हेटौँडाबाट
‘पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास’
एमालेले राजविराजमा घेरा हालेर पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको दाबी गरेको छ । ‘कार्यक्रमस्थलनजिक बम राखियो । कार्यक्रम चलिरहँदा बम प्रहार भयो । तीनतिरबाट घेराउ गरियो । गाउँगाउँबाट मानिसलाई लाठी र भाला लिएर आउन निर्देशन दिँदै सुरक्षा घेरा तोड्न खोजियो,’ मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले भने, ‘नेतृत्वपंक्तिलाई नै समाप्त पार्ने दुरासय थियो भन्ने कुरा प्रस्ट भएको छ ।’
एमालेले सप्तरी घटनामा भएको तीनजनाको मृत्युको जिम्मेवारी गृहमन्त्री र मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । अबको कार्यक्रम २७ फागुनदेखि हेटौँडाबाट सुचारु हुने पार्टीले जनाएको छ ।
गोली सप्तरीमा निशाना सबैतिर
एमालेलाई प्रत्युत्पादक
-अहिलेसम्म मधेस–पहाड ध्रुवीकरणले एमाले र अध्यक्ष केपी ओलीलाई राजनीतिक फाइदा भएजस्तो देखिन्थ्यो । तर, सप्तरी काण्डपछि ‘मेची–काली’ अभियानका लागि यो उपयुक्त समय थियो कि थिएन ? भन्ने प्रश्न पार्टी र अध्यक्ष दुवैमाथि उठ्यो ।
-गोली सुरक्षाकर्मीले हाने, जनता मधेसी मारिए, तर जिम्मेवारचाहिँ एमालेको अभियान मानियो । मधेसमा भएको एमालेपंक्ति थप प्रतिरक्षात्मक भयो । मोर्चासँग बीचमा केही सुधारिएको एमालेको सम्बन्ध फेरि बिग्रियो ।
-एमालेको अभियानमा कति जनता सहभागी भए भन्ने प्रश्न सप्तरीमा कति मारिए भन्ने प्रश्नको छायामा प¥यो । मधेसमा हावी देखिने मेची–काली अभियानको उद्देश्य असफल र प्रत्युत्पादक भयो ।
-एमालेलाई एउटै नाफा भयो, मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दियो । सरकार र मोर्चाबीच दूरी बढ्यो ।
सरकारलाई नकारात्मक
-प्रधानमन्त्रीले गोली नहान भन्दाभन्दै गोली चल्यो । गृहमन्त्रीको असन्तुष्टि पनि बाहिर आयो । प्रदर्शनकारी मात्र होइन, कतै सरकारी सुरक्षातन्त्रमै त घुसपैठ थिएन भन्ने प्रश्न उठ्यो । सुरक्षा सतर्कता र समन्वयमा पनि सरकार कमजोर देखियो । -मोर्चाले समर्थन फिर्ता लियो भने अल्पमतमा परिनहाले पनि संख्यात्मक र राजनीतिक रूपमा सरकार पहिलेभन्दा कमजोर भयो । नयाँपत्रिका दैनिकमा खबर छ ।
मोर्चालाई अप्ठ्यारो
-आन्दोलन उठाउन आधार खोजिरहेको मोर्चालाई एमालेको अभियान वरदान साबित भयो, तर मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि नसक्ने र साथ दिन पनि नसक्ने अवस्थामा पुग्यो ।
राप्रपाको महत्व बढ्यो
-मोर्चाको सरकारसँग दूरी बढ्दै जाँदा सत्तारुढ गठबन्धनको तेस्रो ठूलो घटक राप्रपाको सत्तामा बार्गेनिङ पावर बढ्यो ।
विखण्डनकारीलाई उत्साह
-मधेसको विखण्डकारी शक्तिलाई राज्यविरुद्ध जनता उक्साउन एउटा हतियार थपियो ।
चुनावमाथि आशंका
-मधेसीबहुल क्षेत्रमा चुनावबारे पहिल्यै पनि आशंका थिए । ती आशंका थपिए ।
र, सधैंजस्तै देशले हार्यो
-मनोवैज्ञानिक दूरी अझ बढ्यो । मधेस आन्दोलनमा अतिवादी तत्वले खेल्ने ठाउँ फराकिलो भयो ।


0 comments
Write Down Your Responses