इजरायलले नेपाली कामदार लैजाने, बढीमा ८० हजार खर्च लाग्ने
काठमाडौं, श्रावण २१ । इजरायल सरकारले नेपाली कामदार लैजाने भएको छ ।
नेपाली कामदार लैजाने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच शुक्रबार काठमाडौंमा सम्झौता हुने भएको छ ।
विगत ५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले श्रम तथा रोजगार मन्त्रालयको पहलपछि नेपाली महिला कामदार लैजान सहमत भएको हो । शुक्रबार श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर गर्ने तय भएको श्रम राज्यमन्त्री टेकबहादु गुरुङले जानकारी दिए ।
इजरायल सरकारले तीन सयजना कामदार लैजान लागेको र पहिलो चरणमा ६० जनालाई पठाइने राज्यमन्त्री गुरुङले बताए ।
इजरायलमा पुरुषभन्दा महिला कामदारको बढी माग छ । ९० प्रतिशत महिला कामदारको माग रहेको मन्त्री गुरुङको भनाइ छ । उनले तीन सयजना कामदारबाट आउने फिडब्याकपछि अरु कामदारको विषयमा सोचिने बताए ।
दुई सरकारबीच सहमति भएपछि बढीमा ८० हजार रुपैयाँ खर्चमा इजरायल जान सकिने छ ।


0 comments
Write Down Your Responses