'' फ्रि भिषा र फ्रि टिकट सहित मलेसियाले ४ सय ७० जना नेपाली कामदारका माग्यो ''
मलेसिया, २१ साउन– फ्रि भिषा र फ्रि टिकटको ब्यवस्था लागु भएपछि पनि मलेसियाका १७ कम्पनीले कामदारको माग गरेका छन् । १७ कम्पनीले कामदारको माग गर्दै दूतावासमा माग पत्र बुझाएका छन् ।
४ सय ६० जना पुरुष र १० जना महिला गरी ४ सय ७० जना नेपाली कामदारका लागि माग पत्र प्रमाणिकरणका लागि दूतावासमा दर्ता भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली कामदार माग गर्ने कम्पनीको निरीक्षण गरेपछि माग पत्र स्विकृत गर्ने दूतावासले जनाएको छ ।
गएको असार २१ गते नेपाल सरकारले मलेसियासँगै खाडी ६ वटा देशमा निःशुल्क टिकट र भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम कार्यान्वयन गरेको थियो ।

0 comments
Write Down Your Responses