''वीर्य बारे तपाईंलाई धेरै कुरा थाहा होला तर यी नौ कुरा थाहा नहुन सक्छ, हरेक पुरुषले पढ्नै पर्ने ''
वीर्य बारे तपाईंलाई धेरै कुरा थाहा होला तर यी नौ कुरा थाहा नहुन सक्छ, हरेक पुरुषले पढ्नै पर्ने

वीर्य बारे तपाईंलाई धेरै कुरा थाहा होला तर यी नौ कुरा थाहा नहुन सक्छ, हरेक पुरुषले पढ्नै पर्ने !

तपाईंको शरीरले जति वीर्य बनाउँछ, त्यस हिसाबले जीवनभर एउटै सेक्स पार्टनर हुनु उति राम्रो आइडिया पक्कै होइन । यसको सदुपयोग गर्ने हो भने त सेक्स पार्टनर बढीभन्दा बढी हुनुपर्ने हो, होइन त ?

त्यसैले त स्तनपायी र अन्य जन्तु समूहमा एउटै सेक्स पार्टनर विरलै हुन्छ । मानिसका बारेमा पनि यस्तै हुनुपर्ने हो तर वास्तवमा कैयौँ संस्कृतिहरुमा कैयौँ जीवनसाथी बनाउने र बहुविवाह गर्ने चलन छ ।

एउटा अध्ययनअनुसार संसारभरिका ८३ प्रतिशत संस्कृतिहरुमा बहुविवाह प्रथा छ । यसका बाबजुद पनि अधिकांश संस्कृतिमा व्यवहारगत रुपमा हेर्दा एक स्त्री या एक पुरुषसँग विवाह गर्ने चलन छ ।

यसको एउटा मात्र कारण, एकभन्दा बढी जीवनसाथीको खर्च वहन गर्न नसक्नु नै हो । यस्तो अवस्थामा प्रश्न के उठ्छ भने एक स्त्री या पुरुषले एक मात्र विवाहमा चित्त बुझाउने कुरा बेकार हो भने बेग्लाबेग्ला संस्कृतिमा यो चलन किन छ त ?

एउटा नयाँ अध्ययनले यस बारेमा व्याख्या गरेको छ । नेचर न्युज जर्नलमा छापिएको एउटा आलेख अनुसार शोधकर्ताहरुको यौन सम्पर्कबाट सर्ने रोग या आधिपत्यको कारण एक स्त्री या पुरुषबीच हुने विवाह लोकप्रिय बनेको हो ।

शोधकर्ताका अनुसार जुन बेला मानिसले शिकारबाट आफ्नो दैनिकी चलाउँथ्यो, त्यो बेला बहुविवाह व्यापक प्रचलनमा थियो र समयसँगै यस किसिमको प्रथा कमजोर हुन थाल्यो । सामाजिक दबाबका कारण पनि जीवनशैलीमा परिवर्तन हुन थाल्यो ।

शोधपत्रका लेखकमध्ये एक क्रिस बाबर भन्छन्, ‘यसलाई सरल तरिकाले बुझ्ने हो भने अपराधबाट बच्नका लागि हामीले प्रहरी विभाग बनाएजस्तै हो । पहिला बहुविवाह धेरै हुन्थ्यो किनभने त्यो बेला खेतीकिसानीका लागि बढीभन्दा बढी श्रमिक चाहिन्थ्यो ।’

जंगलमै बस्ने, प्राकृतिक जीवन जिउने क्रममा यौन संक्रमण उति ठूलो समस्या थिएन । त्यसैले बहुविवाह प्रचलित हुनु स्वाभाविक थियो । कसैलाई यौनरोगले सताए पनि त्यसले अरुलाई सार्ने र संक्रमण हुने त्यति खतरा थिएन । यो रोग लागे पनि समयसँगै आफैँ निको हुन्थ्यो । त्यो बेला यौन रोगको चपेटामा पर्नेहरुको संख्या निकै कम हुन्थ्यो ।

खेतीकिसानी युगसँगै क्रमशः यौनसम्बन्धी रोग पनि जन्मन थाल्यो र यसले संक्रमणको रुप लिन थाल्यो । यसको खतरा यति व्यापक हुन्थ्यो कि मानिसहरुले बहुव्यक्ति यौन सम्पर्कतर्फ ध्यान दिनै छाडे ।

अचेल यौनसम्पर्कबाट सर्ने रोगका उपचार सम्भव छ तर पहिला यस्तो थिएन किनभने मेडिकल साइन्सले यति धेरै विकास गरिसकेको थिएन । एकल विवाह लोकप्रिय हुनुको कारण सन्तानको लालनपालन राम्रोसँग हुन थालेको थियो । शुक्रकीट मार्दै हुनुहुन्छ ?

अचेल हरेक चारमध्ये एक युवामा वीर्यको गुणवत्ता कमजोर हुँदै जान थालेको छ । संसारभरि नै वीर्यको स्तर घट्ने समस्या देखिएको एउटा शोधले देखाएको छ ।

जागिरको तनाव, जीवनशैली र खास किसिमका रसायनका कारण वीर्यको स्तर खस्केको विशेषज्ञहरुको दाबी छ । वीर्यको स्तर खस्किनेको अर्थ प्रजनन शक्तिमा ह्रास हुनु हो । बिएमजे ओपन पत्रिकाका अनुसार वीर्यको गुणस्तर खस्किएका कारण २० प्रतिशत लोग्नेस्वास्नीले सन्तान जन्माउन सकेका छैनन् । संसारभर नै यो समस्या देखिएको छ ।

सन् १९८९ देखि २००५ का बीच फ्रान्सेली पुरुषहरुको स्पर्म काउन्टमा एक तिहाईले कमी देखिएको छ । १५ वर्षको दौरानमा चिनियाँ पुरुषहरुको वीर्य गुणस्तर पनि स्वाट्टै घटेको छ । किन घट्दैछ ?

वीर्यको गुणस्तर किन घट्दैछ त ? ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार तपाईंले सातामा २० घण्टाभन्दा बढी टेलिभिजन हेर्नुहुन्छ भने त्यसले तपाईंको गुणस्तर घटाउँछ । आर्काइभ अफ इन्टरनल मेडिसिनको शोधले भन्छ, तपाईंको मोटोपनले पनि वीर्यको स्तर घटाउँछ । सामान्य तौल भएका पुरुषको तुलनामा मोटा पुरुषका वीर्य स्तरहीन हुन्छ । ४२ प्रतिशत मोटा मानिसको वीर्यले काम गर्दैन । त्यसैले खापिन र व्यायाममा बढी नै जोड दिनुपर्ने शोधको दाबी छ ।

त्यस्तै इन्टरनेसनल जर्नल अफ फर्टिलिटी एन्ड स्टर्लिटीका अनुसार कडा परिश्रम गर्ने श्रमिक र खाना पकाउने भान्सेका शुक्रकीट सबैभन्दा असुरक्षित हुन्छन् ।

साइन्टिफिक रिपोर्ट २०१५ का अनुसार वीर्यको स्तर घटाउनेमध्येमा बिसफिनो ए –बिपिए) नामक रसायनको पनि ठूलो हात हुन्छ । घरायसी सामग्रीमा यसको प्रयोग हुन्छ । प्लास्टिक र कस्मेटिकका सामग्रीमा यसको भरपूर प्रयोग हुने गरेको छ ।

वीर्यका बारे तपाईंले थाहा नपाएका ९ कुरा वीर्यका बारेमा तपाईंलाई धेरै कुरा थाहा होला तर यी नौ कुरा थाहा नहुन सक्छ ।

– मानिसको वीर्यमध्ये आधा शुक्रकीट मात्र सक्रिय हुन्छन् । सक्रिय शुक्रकीट सिधा लाइनमा तैरिन्छ । सिधा लाइनमा तैरिने शुक्रकीट नै सक्रिय वीर्य हुन् । केही शुक्रकीट वृत्तमा तैरिने गर्छन् र ती अन्यसँग साथ छुट्ने गर्छन् ।

– हालैको शोधअनुसार शुक्रकीटलाई सन क्रिम र कमेस्टिकले व्यापक कुप्रभाव पार्छन् । हुन त यस कुरालाई केही वैज्ञानिकहरुले अस्वीकार गरिसकेका छन् ।

– नेदरल्यान्डका एक जना माइक्रोस्कोप बनाउने व्यक्तिले पहिलो पटक स्पर्मको खोजी गरेका थिए । उनले के पत्ता लगाउन शुक्रकीट खोजेको भन्ने अहिलेसम्म पत्तो लागेको छैन । – औसत वीर्यमा शुक्रकीटको संख्या ३० लाख हुन्छ । – सामान्य रुपमा पुरुषले एक सेकेन्डमा १५०० शुक्रकीटका कोष उत्पादन गर्ने गर्छ ।

– कुनै व्यक्तिले जीवनभर स्खलन गर्दाको वीर्य जम्मा गर्ने हो भने यसको लम्बाई ६ माइलसम्म लामो हुने गर्छ । – गर्मीयाममा शुक्रकीटको सक्रियता कम हुन्छ । शरीरका अन्य अंगको तुलनामा स्पर्म सात डिग्री फरेनहाइट कुलिङ हुन्छ । त्यसैले हामीले ल्यापटपलाई सधैँ काखमा राख्नु हुन्न भन्नुको कारण सधैँ शुक्रकीटलाई आवश्यक पर्ने शितलताको तुलनामा बढी नै तापक्रम शरीरमा पठाइरहेका हुन्छौँ ।

– वीर्य स्खलन हुँदा ९० प्रतिशत शुक्रकीट विकृत भइसकेका हुन्छन् । ती शुक्रकीटले काम गर्न सक्तैनन् । – वास्तवमा लाखौँमा एक स्पर्मले नै महिलाको अण्डाणुसँग प्रजनन गर्छ ।शुक्रवार/नागरिकन्युजबाट
, ,

0 comments

Write Down Your Responses