''उत्तरकोरियाले विभिन्न मुलुकलाई धम्कीपूर्ण पत्र पठायो, अमेरिकाको पक्षमा नलाग्न चेतावनी सृजना थापा''भिडियो सहित ''
सृजना थापा
एजेन्सी । उत्तर कोरियाले विभिन्न मुलुकलाई अमेरिकाको पक्षमा नलाग्न चेतावनी सहित पत्र पठाएको छ । अमेरिकासँगको तनाव र परमाणु कार्यक्रमका बारेमा केहि देशलाई पत्र पाठाएको हो ।
पत्र पठाएका देशहरुमध्ये अस्ट्रेलिया र इन्डोनेसियाले पत्रको व्यहोरा सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री जुली विशपको सामाजिक सञ्जाल फेसबुकमा उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र सार्वजनिक गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पत्रमा उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई परमाणु युद्धतिर धकेलिरहेको आरोप लगाइएको छ । त्यसैगरी इन्डोनेसियालाई पनि उत्तर कोरियाले पत्र पठाएको छ ।
इन्डोनेसियास्थित उत्तर कोरियाली दूतावासमार्फत पत्र पठाइएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पत्रमा उत्तरकोरियाले आफुलाई झुकाउनका लागि अमेरिकाले चालेको कदम अमेरिकाको लागि नै ठूलो गल्ती सावित हुने प्रष्ट पारेको छ ।


0 comments
Write Down Your Responses