''विदेशबाट फाेन ल्याउँदै हुनुहुन्छ या ल्याउन भन्दै हुनुहुन्छ पहिला याे समाचार पढ्नुस्''
विदेशबाट फाेन ल्याउँदै हुनुहुन्छ या ल्याउन भन्दै हुनुहुन्छ पहिला याे समाचार पढ्नुस्
काठमाडाैँ २२ असाेज – नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ । पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’ अनुगमन गर्ने तयारी गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।यसका लागि प्राधिकरणले सेवा प्रदायकसँग सहकार्य गरी केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए। ‘कल ट्राफिक अनुगमनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग गरेका छौँ’ उनले भने।सञ्चालनमा रहेका छओटा दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलबापत प्राप्त गर्ने कुल आम्दानी गतवर्ष घटेको प्राधिकरणको तथ्याङ्क छ । यससम्बन्धमा व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको यही असोज ९ गते बसेको बैठकले चासो जनाउँदै अन्तर्राष्ट्रिय कलको अनुगमन गर्न निर्देशन पनि दिएको थियो ।
सफ्टवेयर जडानपछि अन्तर्राष्ट्रिय तथा स्थानीय कलको वास्तविक तथ्याङ्कसहित आम्दानी घट्नुको कारण पत्ता लाग्ने अर्यालले जानकारी दिए। ‘यदि कुनै सेवा प्रदायकले वास्तविक भन्दा कम मात्र कल देखाएर आम्दानी गरिरहेको छ भने त्यो पनि सफ्टवेयरले देखाउँछ’ उनले भने। अन्तर्राष्ट्रिय कलबापतको वास्तविक आम्दानी न्युन देखाएर राज्यलाई कम कर तिर्ने प्रवृत्ति यस्तो प्रणाली सञ्चालनमा आएपछि निरुत्साहित हुने उनको बुझाइ छ ।प्राधिकरणले पहिलोचरणमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने र दोस्रो चरणमा मात्रै आवश्यक हार्डवेयर र सफ्टवेयर जडान गर्ने योजना बनाएको छ । कलको तथ्याङ्क सङ्कलनका लागि सबै सेवाप्रदायकको प्रणालीमा हार्डवेयर तथा सफ्टवेयर जडान गर्ने र त्यसलाई केन्द्रीय प्रणालीमा राख्ने प्राधिकरणले जनाएको छ ।
यससँगै प्राधिकरणले सोही प्रणालीमार्फत नेपाल भित्रने अवैध कलको पनि तथ्याङ्क राख्ने भएको छ । कल बाइपासका रूपमा चिनिने यस्ता अवैध कलपत्ता लगाउने गरी केन्द्रीय प्रणाली तयार गरिने अर्यालले जानकारी दिए।
यसले अवैधरूपमा सञ्चालन भइरहेका सेवा प्रदायकको जानकारी पनि लिन सकिने उहाँले बताउनुभयो । नेपालमा सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको नेटवर्क प्रयोगरी विदेशबाट सस्तोमा कल भित्र्याएर अर्बौं रकम विगतमा राज्यलाई घाटा लागेको थियो ।अझै पनि कल बाइपास गरी अन्तर्राष्ट्रिय कल नेपाल भित्र्याएका घटना नेपाल प्रहरीले समय समयमा सार्वजनिक गरिरहेको हुन्छ । प्राधिकरणले त्यस्ता अवैध कल पत्ता लगाउन पनि आफ्नो केन्द्रीय प्रणाली प्रयोग गर्नेछ । यसै प्रणालीमार्फत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कलको गुणस्तर निर्धारणको पनि काम हुने प्राधिकरणले
जनाएको छ ।


0 comments
Write Down Your Responses