''तामाकोसी बनेपछि बिजुली निर्यात’पुरा जानकारी हेर्नु होला ''
तामाकोसी बनेपछि बिजुली निर्यात’पुरा जानकारी हेर्नु होला
चैत्र २३, २०७३- विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिने जनाएको छ । चालु वर्षको ९ महिनामा ९ अर्ब ६ करोड ८४ लाख रुपैयाँ बराबर विद्युत् आयात भइसकेकोमा बाँकी तीन महिनामा थप ६ अर्ब रुपैयाँ बराबरको आयात हुने प्राधिकरणको प्रक्षेपण छ ।
प्राधिकरणमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आवमा गत आवभन्दा १ अर्ब रुपैयाँ बढीको मात्र बिजुली आयात हुने जानकारी दिए । उनका अनुसार गत वर्ष १३ अर्ब ९७ करोड २२ लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । प्राधिकरणले हाल भारतबाट ५ सय मेगावाट हाराहारी आयात गरिरहेको छ ।


0 comments
Write Down Your Responses