''यौन सम्पर्क पछि युवतीहरुले थाहा पाउनै पर्ने कुराहरु पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।''
यौन सम्पर्क पछि युवतीहरुले थाहा पाउनै पर्ने कुराहरु
पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।

- पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन ।

- आफूसंग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन ।

- यौन प्रसारित संक्रमणहरु महिलाले पुरुषमा सार्नेभन्दा पुरुषले महिलामा सार्ने क्रम वढी हुन्छ किनकी यौन सम्पर्क राख्दा युवतीको योनीस्राब पुरुषमा जाँदैन तर पुरुषको वीर्य महिलाको योनीमा जान्छ । महिलाको योनीमा घाउ भएमा त झन् चाँडै नै यौनरोगका किटाणु रगतमा पुग्छन् ।

यौन प्रसारित संक्रमणहरु र एच.आई.भी. बाट बच्नका लागि संधै कन्डम प्रयोग गर्नुपर्छ तर गर्भवती हुनबाट वा यौन प्रसारित संक्रमणहरुबाट बच्ने सबैभन्दा सचिलो उपाय भनेको यौन सम्पर्क कायम नगर्नु नै हो ।
,

0 comments

Write Down Your Responses