''पोखरामा बन्दकर्तालाई स्थानीयबासीले लखेटे, काठमाडौंमा आंशिक प्रभाव '
काठमाडौ, भदौ ६ । आदीबासी जनजाती महासंघले आइतबार नेपाल बन्दको आह्वान गरेको छ ।
संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो ।
बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ ।
अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् । आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।
बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् ।
थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।
उता, पोखराको सृजनाचोकमा जर्वजस्ती बजार बन्द गराउंदै हिडेका प्रदर्शनकारीलाई स्थानियबासीले लखेटेर बजार खुलाएका छन् ।
उद्योग बाणिज्य संघ पोखराले भने बन्दको अबज्ञा गर्दै दिनभरमा पोखराका


0 comments
Write Down Your Responses