''सेना परिचालन गरेकोप्रति वैद्य माओवादीको आपत्ति 'किन भोता पुरा जानकारी हेर्नु होला ''
काठमाडौं, ७ भदौ– दंगाग्रस्त क्षेत्रमा सरकारले सेना परिचालन गरेकोमा वैद्य नेतृत्वको नेकपा माओवादीले आपत्ति जनाएको छ ।
आज बेलुकी विज्ञप्ति जारि गरि वैद नेतृत्वको माओवादीले सेना परिचालन गरिएकोप्रति विरोध जनाएको हो । विज्ञप्तिमा ‘सेना परिचालन गर्नु जनअधिकारलाई कुल्चने तथा जनतामाथि दमन अभियान चलाउने निर्लज्ज तानाशाही कदम हो ।’ भनिएको छ ।
समस्याका समाधान सेना परिचालन होइन भन्दै वैद्यले विज्ञप्तिमा लेख्नुभएको छ ‘संविधानसभा २ मार्फत संविधान बनाउने प्रक्रियालाई तुरुन्त रोकी संविधानसभाभित्र तथा बाहिरका राजनीतिक दल र सम्बन्धित सबै सरोकारवाला आन्दोलनरत शक्तिहरूसित अविलम्ब संवाद थाल्न तथा संवादबाटै समस्याको राजनीतिक समाधान खोज्नका लागि हाम्रो पार्टी सरकार र सम्बन्धित सबै राजनीतिक दलहरूसित विशेष अनुरोध तथा आह्वान गर्दछ ।’
तीन दलीय गठबन्धनद्वारा तयार पारिएको संविधानको मस्यौदा र सीमांकन प्रस्तावको विरोधमा देशव्यापी रुपमा नागरिक सडकमा उत्रिएको भन्दै वैद्यले आन्दोलनकारी नागरिकमाथि सरकारद्वारा दमन, धडपकड, अश्रुग्यास प्रयोग, लाठीचार्ज, कर्फयुका साथै गोली चलाउने, जनताको हत्या गर्ने र जातीय सद्भाव खल्बल्याई साम्प्रदायिकता भड्काउने काम भइरहेको आरोप लगाउनुभएको छ ।

0 comments
Write Down Your Responses