'''नेपाली सेनाका मेजर कार्कीकी श्रीमतीको मृत्यु, घटना रहस्यमय
नेपाली सेनाका मेजर कार्कीकी श्रीमतीको मृत्यु, घटना रहस्यमय

काठमाडौं, २५ असार– नेपाली सेनाका मेजर विष्णु कार्कीकी श्रीमती २२ वर्षीया लतासा क्षेत्रीको रहस्यमय मृत्यु भएको छ ।

नुवाकोट घर भई काठमाडौको धापासीमा डेरा गरी बस्ने लतासाको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले छानविनको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । लतासाको बुधबार दिउँसो ३ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । बुधवार छोरीले नै धरानमा रहेकी आमालाई फोन गरी आफूलाई श्रीमानले यातना दिएको खबर गरेपछि आमा शारदा काठमाडौ आएकी थिइन् ।

आफू काठमाडौं आई अस्पताल पुग्दा अस्पतालले लास समेत नदेखाएको र मृत्युको कारण थाहा पाउन नसकेको मृतककी आमा शारदाको गुनासो छ ।

गत मंसिर २० गते विष्णु कार्कीसँग वैवाहिक सम्बन्ध कायम भएकी लताशाको विवाह भएको दुई हप्तापछि श्रीमानले यातना दिने गरेको माइती पक्षको भनाइ छ । सीतापाइलास्थित एभरेष्ट कलेजमा बीबीए तेस्रो वर्षमा अध्ययन गर्दै गरेकी छोरी लतासाले बुधबार नै आफूलाई भेट गरेको बुवा लभ क्षेत्रीले बताए ।

ग्राण्डी अस्पतालबाट लतासाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएको छ । तर लतासाको शव आफूहरुले हेर्न समेत नपाएको माइती पक्षको भनाइ छ ।

माइती पक्षले महाराजगञ्ज प्रहरीमा घटना शंकास्पद भएको भन्दै उजुरी दिएपछि शव शिक्षण अस्पतालमा ल्याइएको हो । मृतकका श्रीमान विष्णुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मृतक लतासा आमा शारदाकी तीन छोरीमध्येकी जेठी हुन्
,

0 comments

Write Down Your Responses