''अवैध गर्भ बोकेको आरोप लागेकी महिलाको पेटमा भेटियो चार किलोको ट्युमर ''
अवैध गर्भ बोकेको आरोप लागेकी महिलाको पेटमा भेटियो चार किलोको ट्युमर
दुई हप्ता अगाडि जुम्लाबाट डोल्पा आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले पहिलोपटक यहाँ शल्यक्रिया सेवा दिएको छ ।
प्रतिष्ठानको घुम्ती टोलीले बुधबार दिउँसो डोल्पा जिल्लाको एकमात्र सरकारी जिल्ला अस्पतालमा ६१ वर्षीया महिलाको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
करिब एक घन्टाको शल्यक्रियापछि ती महिलाको पेटबाट चार किलो बराबरको ट्युमर झिकिएका डा निरेश थापाले जानकारी दिए ।
लिकु गाविस–३ चँकी जमुना रोकायको शल्यक्रिया गरिएको हो ।
दश वर्ष अगाडि श्रीमान् गुमाएकी ६१ वर्षीया रोकाय गाउँलेले अरुको गर्भ बोकेको भन्दै कुरा काट्न थालेपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएकी हुन् ।
अस्पतालमा आएर भिडियो एक्सरे गरेपछि पेटभित्र ट्युमर भएको पत्ता लाग्यो ।
जिल्ला बाहिर लगिए दुई लाखसम्म खर्च लाग्थ्यो तर उनको निःशुल्क उपचार सम्भव भयो । आफू जस्तै आर्थिक अवस्था कमजोर भएका विपन्न सर्वसाधारणलाई प्रतिष्ठानको टोलीले ठूलो सहयोग पु¥याइररहेको उनले बताइन् ।
उक्त टोलीले आएको दुई हप्ता नपुग्दै पाँचवटा शल्यक्रिया सम्पन्न गरिसकेको छ ।
शल्यक्रियापछि रोकायको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

0 comments

Write Down Your Responses