'''सुदर्शन गौतमले पत्रकारलाई धम्की दिँँदै भने, ‘काटेर तँलाई चौभारमा गाड्छु’ (फोन अडियो सहित) ''
सुदर्शन गौतमले पत्रकारलाई धम्की दिँँदै भने, ‘काटेर तँलाई चौभारमा गाड्छु’ (फोन अडियो सहित) काठमाडौं, ४ असार । पछिल्लो समयमा समाचार लेखेकै भरमा पत्रकारमाथि ज्यान मार्ने धम्की आउन क्रम बढ्न थालेको छ । यसलाई निरूत्साही गर्न नसक्दा पत्रकारहरुले सत्य तथ्य समाचार सम्प्रेषण गर्न निकै धम्की र सास्ती व्यहोर्नु परेको छ । केही दिन अघि फेसबुकमा स्टाटस लेखेकै भरमा पत्रकार दीप विमलीमाथि धम्की दिएको घट्ना सेलाउन नपाउँदै फेरि अर्का पत्रकार श्याम सुन्दर गिरीमाथि ज्यानै मार्ने धम्की दिइएको छ । चलचित्र सम्बन्धी समाचार र गसिप लेख्दै आएका अनलाइन फिल्मीबजार डटकमका पत्रकार गिरीले यही असार २ गते आफूलाई अमेरिकाबाट मार्ने धम्की आएको मिडिया एनपीलाई बताएका छन् । नेपाली कलाकारहरु अमेरिका जाने र उतै बस्ने तथा कम मात्रामा फर्कने अवस्थालाई कस्सले रोक्ने भन्ने प्रश्न उठाएर लेखिएको गसिपको आधारमा अमेरिका रहेका हिम्मतवालीका नायक सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यबाट फोन गरेर आफूलाई मार्ने धम्की दिएको जानकारी गराएका पत्रकार गिरीले मिडिया एनपीलाई फोन अडियो समेत उपलब्ध गराएका छन् । उपलब्ध गराइएको अडियोमा गिरीको हैसियत माथि प्रश्न उठाउँदै दुई घण्टाभित्रमा समाचार नसच्याए मारिदिने धम्की सुदर्शनले दिएको सुनिन्छ । सुदर्शनले मलाई काटेर हत्या गरी चोभारको डाँडामा गाड्ने र बागमतीमा फाल्ने धम्की दिएको गिरीको भनाइ छ । ज्यान मार्ने धम्की आएकाले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरिरहेको उनले बताए । यसअघि बिहीबार नेपाल प्रेस युनियनलले फिल्मी समाचार सम्प्रेषण गरेकै आधारमा गिरीलाई मार्ने धम्की दिएकोप्रति भत्र्सना गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले निकालेको विज्ञप्तिमा भनिएको समाचारमा चित्त नबुझेको विषयमा कानुनी रुपमा उपचारमा जान सकिने बाटोलाई छोडेर ज्यान मार्ने धम्की दिने व्यक्तिलाई निगरानीमा राखेर कार्वाहीको प्रक्रिया थाली पत्रकार गिरीको सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ ।
, ,

0 comments

Write Down Your Responses