''दैनिक चरमसुख प्राप्त गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम''
दैनिक चरमसुख प्राप्त गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम

दैनिक चरमसुख प्राप्त गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम रहने एक अध्ययनले देखाएको छ । उक्त अध्ययनका अनुसार विर्य स्खलन हुने पुरुषहरुमा प्रोस्टेट क्यान्सर हुने खतरा २२ प्रतिशतले कम हुने देखाएको हो ।


यस अध्ययनका लागि ३२ हजार स्वस्थ्य पुरुषहरुमाथि पछिल्ला १८ वर्ष अध्ययन गरिएको थियो । जसमध्ये ३ हजार ८ सय ३९ जनालाई प्रोस्टेट क्यान्सर भएको थियो । तर, महिनाको २१ पटकभन्दा बढी वीर्य स्खलन गर्ने पुरुषमा भने यो खतरा २२ प्रतिशतले कम भएको देखिएको थियो ।

यसमा पुरुषले खाने खाना र दैनिक जीवनले पनि केही प्रभाव पार्ने देखाएको छ ।

पुरुषमा मात्र पाइने प्रोस्टेट ग्लाण्ड उमेरसँगै बढ्दै जान्छ । शुरुमा ओखरको आकारमा हुने यस ग्लाण्ड युरेथाको अघिल्लो भागमा हुन्छ जसले ब्लाडरबाट पिसाब बोक्ने गर्छ ।

उक्त अध्ययनले के कारणले यस्तो हुन्छ भन्ने कुरा नखुलाएपछि यस विषयमा पहिले धेरै अध्ययनहरु भइसकेको छ ।

एक अध्ययनका अनुसार विर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको कारक मानिने केही रसायनहरु शरीरबाट बाहिरिने गर्छ । त्यस्तै अर्को अध्ययनका अनुसार वीर्य स्खलन हुँदा पूरा कोषहरु हट्ने र नयाँ कोष बन्ने हुँदा पूरा कोषहरु क्यान्सरको कोषमा परिणत हुने सम्भावना रहँदैन ।
,

0 comments

Write Down Your Responses